काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशले सबै लोकतन्त्रवादी, गणतन्त्रवादी, परिवर्तन प्रेमी शक्तिबिच दह्रो एकताको आवश्यकता औँल्याएका छन् ।
संविधान दिवसका अवसरमा शुक्रबार शुभकामना व्यक्त गर्दै उनले लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै हुने उल्लेख गर्दै संविधान र लोकतन्त्रको रक्षामार्फत राष्ट्रको स्वतन्त्रताको रक्षा गर्नु सबै नेपालीको साझा कर्तव्य भएको बताएका छन् ।
उनले भर्खरैको जेनजी आन्दोलनसम्म आइपुग्दा समयले संविधानको निरन्तरतामा अझ विस्तार र परिमार्जन मागेको उल्लेख गर्दै अहिले सबैभन्दा उच्च प्राथमिकताका साथ देशव्यापी पुनर्निर्माणमा लाग्न म सम्पूर्ण पार्टी पङ्क्ति र जनसमुदायलाई आह्वान गरेका छन् ।
यही भदौ २३ र २४ गतेका घटनाहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषीलाई कारबाहीको दायरमा ल्याउन सरकारसँग माओवादीको माग छ ।
अध्यक्ष दाहालले भनेका छन्, “मलाई विश्वास छ, जेनजी आन्दोलन लोकतन्त्र विरोधी होइन बरु यथास्थिति र तदर्थवादी शासन प्रणालीको विरोधी र उन्नत लोकतन्त्रको पक्षधर हो, त्यति हुँदाहुँदै पनि २३ र २४ भदौका आन्दोलनलाई एउटै कोणबाट हेर्न सकिँदैन । भदौ २३ को आन्दोलन वास्तविक जेनजी आन्दोलन थियो ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ असोज २०८२, ०७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बृहत् वाम एकताबाट समाजवादी क्रान्तिको वातावरण बन्दै छ: प्रचण्ड
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
माओवादी-समाजवादीसहित आठ दलले गरे एकताको सहमति,१८ बुँदे सहमतिपत्रमा के छ ?
खाेटाङका माओवादी सांसद पासाङको आरोप– “सुदन किराँती भ्रष्ट छन्”
बैठकमा आफ्नो कुरा राखेर उठेर हिँड्ने जनार्दनको शैली अराजक: प्रचण्ड
चितवनबाट उठेको न्यायको आवाज — जेन Z आन्दोलनमाथिको दमन र विद्यार्थी हत्याविरुद्ध हस्ताक्षर अभियान सम्पन्न!