काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन जेड आन्दोलनका क्रममा भएको क्षतिलाई हेरेर निराश हुने छुट नभएको भन्दै धुलो टकटकाएर निर्माणको क्षमता र इच्छाशक्ति देखाउने बेला भएको बताएका छन् ।
बिहीबार एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष ‘प्रचण्ड’ले यस्तो बताएका हुन् ।
उनले भने, ‘हामी यतिखेर ७० भन्दा बढी युवाहरूको जघन्य हत्याको शोकमा छौँ । २३ गतेको नरसंहार र २४ गतेको विध्वंसले आम सार्वजनिक सेवा नै अस्तव्यस्त भएको छ । यतिखेर धुलो हेरेर निराश हुने छुट हामीलाई छैन । धुलो टकटक्याएर हामीले निर्माणको क्षमता र इच्छाशक्ति देखाउनु छ ।‘
अध्यक्ष ‘प्रचण्ड’ले उच्च प्राथमिकताका साथ देशव्यापी पुनर्निर्माणमा लाग्न पार्टी पङ्क्ति र जनसमुदायलाई हार्दिक आह्वान समेत गरे ।
उनले अगाडि भने, ‘देश र जनताप्रतिको हाम्रो निष्ठा र प्रतिबद्धता पुनर्निर्माणमा देखिनु पर्दछ ।’
२३ र २४ भदौमा भएका घटनाहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन उनले सरकारसँग माग समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ असोज २०८२, १७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भूमिहीन सुकुम्बासी समस्या समाधानका लागि पहल गर्छु: ‘प्रचण्ड’
मधेशमा जस्तै अरू प्रदेशमा पनि एमालेबाहेकको सत्ता समीकरण देखिन्छ: प्रचण्ड
चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड
विभेद अन्त्यका लागि सबै पक्षसँग हातेमालो जरुरी: प्रचण्ड
'चुनाव हामी जित्छौं तर राष्ट्र बचाउन जनताको राष्ट्रिय एकता अनिवार्य छ' : प्रचण्ड
कमजोरी सच्याउँदै जनताको चाहना अनुसार पार्टीलाई अघि बढाउछौं : प्रचण्ड