सवारी धनीलाई यातायात विभागले भन्यो : ‘लुटेर लगेका सामान ओसारपसार नगर्नु’

सफल खबर संवाददाता

मंगलबार, ३१ भदौ २०८२, १२ : ३३
सवारी धनीलाई यातायात विभागले भन्यो : ‘लुटेर लगेका सामान ओसारपसार नगर्नु’

काठमाडौँ । यातायात व्यवस्था विभागले प्रदर्शनको क्रममा लुटेका हातहतियारसहितका सामानहरू ओसारपसार नगर्न, नगराउन अनुरोध गरेको छ ।

विभागले सोमबार एक सूचना जारी गर्दै भदौ २३ र २४ गते जेन जेड आन्दोलनका क्रममा विभिन्न स्थानबाट लुटपाट भएका/गरिएका हातहतियार लगायतका सामाग्रीहरू ओसारपसार नगर्न नगराउन आग्रह गरेको हो ।

विभागले त्यस्ता सामानहरू सार्वजनिक (यात्रुवाहक तथा मालवाहक) र निजी सवारीका साधनहरूबाट ओसारपसार हुन सक्ने सम्भावना भएकोले सबै यात्रु, सवारी चालक, सवारी परिचालक तथा सवारी धनीहरू सचेत हुन भनेको छ।

त्यस्ता सामाग्रीहरू ओसारपसार नगर्न तथा नगराउनु हुन र त्यस प्रकारको क्रियाकलाप भएको देखिएमा नजिकैको प्रहरी कार्यालयहरूमा जानकारी गराउन समेत अनुरोध गरेको छ । विभागले त्यस्तो कार्य हुने गरेको देखिन आएमा प्रचलित कानून बमोजिम कारवाही हुने चेतावनी समेत दिएको छ।

प्रतिक्रिया दिनुहोस