मध्यरातसम्म राष्ट्रपतिको अग्रसरता, आज बन्ला त चुनावी अन्तरिम नागरिक सरकार ?

सफल खबर संवाददाता

शुक्रबार, २७ भदौ २०८२, १० : ४३
मध्यरातसम्म राष्ट्रपतिको अग्रसरता, आज बन्ला त चुनावी अन्तरिम नागरिक सरकार ?

काठमाडौं । दुई दिन यता नसुनिएका र नदेखिएका राष्ट्रपति रामचन्द्र पौडेलले मध्यरातसम्म आफ्नो अग्रसरता बढाएका छन् ।

उनले जेनजी पुस्ताको आन्दोलनपछि विकसित घटनाक्रम, केपी ओली नेतृत्वको सरकारको राजीनामा र नयाँ चुनावी अन्तरिम नागरिक सरकार निर्माण लगायतका विषयमा केन्द्रीत रहेर बिहिबार मध्यरातसम्म अग्रसरता देखाएका हुन् ।

त्यसक्रममा उनले कांग्रेस महामन्त्रीद्दय गगन थापा, विश्वप्रकाश शर्मा, उपसभापति पूर्णवहादुर खड्का, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) उपमहासचिव वर्षमान पुन अनन्त, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेका छन् । त्यस्तै कांग्रेस सभापति शेरवहादुर देउवासँग भने उनले टेलिफोनमा सम्वाद गरेका छन् ।

यी विषय आज बिहानै देखि छलफल गरेर छिनोफानो लगाउने र आजै कार्कीलाई प्रधानमन्त्री नियुक्त गरी सपथ खुवाउने तयारी छ । आन्दोलनरत्त जेनजी पुस्ताले पनि कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न ढिला गरे फेरि आन्दोलन चर्काउने चेतावनी दिईरहेका छन् । 

उनले कामचलाउ सरकारका प्रमुख तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि टेलिफोनमा कुरा गरेका छन् । त्यस्तै, उनले प्रधानसेनापति अशोकराज सिग्देल, सभामुख देवराज घिमिरे, राष्टिय सभा अध्यक्ष नारायण दाहाल, संविधानविद्द विपिन अधिकारी, पूर्णमान शाक्य, भीमार्जुन आचार्य, ललित बस्नेत, सूर्य ढुंगेल र चन्द्रकान्त ज्ञवाली र अन्तरिम नागरिक सरकारको नेतृत्व गर्ने तयारीमा रहेकी पूर्व प्रधानन्यायाधिस शुसिला कार्की र काठमाडौं महानगरपालिकाका मेयरका प्रतिनिधिका रुपमा रहेका वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्यालका बीचमा छलफल भएको छ ।

यी सवै छलफलको निश्कर्षमा सुशिला कार्कीलाई प्रधानमन्त्री बनाउने विषयमा साझा सहमति जुटेको छ । तर, उनलाई प्रधानमन्त्री कसरी नियुक्त गर्ने भन्नेमा भने टुंगोमा पुग्न नसकिएको बताइएको छ । आन्दोलनरत्त पक्षले संसद विघटनलाई प्रमुख मुद्दा बनाएका छन् भने राजनीतिक दलका नेता देखि राष्ट्रपतिसम्मले भने संसदबाट नै प्रधानमन्त्री नियुक्तिको विधि खोजीमा छलफल गरेपछि यो विषय भने टुंगो लागेको छैन ।

तर यी विषय आज बिहानै देखि छलफल गरेर छिनोफानो लगाउने र आजै कार्कीलाई प्रधानमन्त्री नियुक्त गरी सपथ खुवाउने तयारी छ । आन्दोलनरत्त जेनजी पुस्ताले पनि कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न ढिला गरे फेरि आन्दोलन चर्काउने चेतावनी दिईरहेका छन् । यही परिवेशमा राष्ट्रपतिको मध्यरातसम्मको सक्रियता बढेको हो ।