रामेछाप । जिल्ला कारागार रामेछापमा कैदीबन्दी र सुरक्षाकर्मीबीच भएको झडपमा तीनजना बन्दीको मृत्यु भएको छ ।
आज बिहान कारागार तोडेर भाग्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाउँदा तीनजनाको मृत्यु भएको बताइएको छ । घटनामा १३ जना घाइते भएको जनाइएको छ । उनीहरुको जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको छ ।
ग्यास सिलिण्डर पड्काएर विस्फोट गराउने प्रयास सुरक्षाकर्मीले थाहा पाएपछि स्थिति नियन्त्रणमा लिने प्रयास गर्दा दुई पक्षबीच झडप भएको थियो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार अहिले रामेछाप कारागारमा ३३० बढी कैदी रहेका छन् ।
कारागार कार्यालयमा नेपाली सेनासहित तीनवटै सुरक्षा निकायले सुरक्षा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ भदौ २०८२, ११ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अझै फर्केनन् भिमफेदी कारागारबाट फरार १३३ कैदीबन्दी
चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी
भीमफेदी कारागार तोडेर फरार भएका कैदी बारामा चोरी गर्दा पक्राउ
कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई
केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ
कास्कीमा जेनजी आन्दोलन: आगजनी र तोडफोड गर्ने रास्वपा नेतासहित ४ जना कारागार चलान