मकवानपुर । चितवनको भरतपुर कारागारबाट बुधबार बिहान करिब ६० जना कैदीबन्दी भागेका छन्। कारागार प्रशासनका अनुसार उनीहरूले कारागारमा तोडफोड तथा आगजनी गर्दै सुरक्षा घेरा तोडेर र पर्खाल भत्काएर भागेका हुन्।
कारागार प्रशासक रवीन्द्र ढुंगानाले दिएको जानकारीअनुसार, कैदीबन्दीहरूले बिहानैदेखि नाराबाजी र तोडफोड सुरु गरेका थिए। त्यसपछि उनीहरूले आगजनीसमेत गर्न थालेपछि स्थिति तनावपूर्ण बनेको थियो। यस क्रममा कैदीबन्दी र सुरक्षाकर्मीबिच झडप पनि भएको थियो।
७४० जनाभन्दा बढी कैदीबन्दी रहेको उक्त कारागारमा १५० जना सुरक्षाकर्मी तैनाथ थिए। कैदीबन्दीहरूको तोडफोड र आगजनी नियन्त्रणमा लिन सुरक्षाकर्मीहरूलाई हम्मेहम्मे परेको ढंगानाले बताए।..
फरार भएका कैदीबन्दीहरूको खोजी भइरहेको र उनीहरूलाई नियन्त्रणमा लिने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ भदौ २०८२, १० : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अझै फर्केनन् भिमफेदी कारागारबाट फरार १३३ कैदीबन्दी
चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी
भीमफेदी कारागार तोडेर फरार भएका कैदी बारामा चोरी गर्दा पक्राउ
कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई
केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ
कास्कीमा जेनजी आन्दोलन: आगजनी र तोडफोड गर्ने रास्वपा नेतासहित ४ जना कारागार चलान