एभरेष्ट महिला भलिबल लिगमा काठमाडौँको पहिलो जित

सफल खबर संवाददाता

आइतबार, २२ भदौ २०८२, १८ : २२
एभरेष्ट महिला भलिबल लिगमा काठमाडौँको पहिलो जित

काठमाडौँ। एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा काठमाडौँ स्पाईकर्सले पहिलो जित दर्ता गरेको छ । 

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आइतबार भएको खेलमा काठमाडौँले मधेश युनाइटेडलाई ३-१ को सेटले पराजित गर्‍यो ।

पहिलो सेट २६-२४ ले आफ्नो पक्षमा पारेको काठमाडौँले दोस्रो सेट २३-२५ ले मधेशलाई सुम्पिएको थियो । तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै काठमाडौँले लिगमा पहिलो जित दर्ता गरेको हो । काठमाडौँले तेस्रो सेट २५-२३ र चौथो सेट २५१९ ले आफ्नो पक्षमा पार्‍यो । काठमाडौँ र मधेश आफ्नो पहिलो खेलमा ललितपुर क्विन्ससंग पराजित भएका थिए । मधेशले दोस्रो खेलमा शनिबार पोखरा निन्जाजलाई हराएको थियो ।

आजको दोस्रो खेल पोखरा निन्जाज र लुम्बिनी लाभाजबिच हुनेछ । इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी लिग भदौ २८ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस