काठमाडौँ । वरिष्ठ थाई राजनीतिज्ञ अनुतिन चार्नविराकुल शुक्रबार संसद्मा बहुमत मत प्राप्त गर्दै देशको नयाँ प्रधानमन्त्री बनेका छन् । टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारित अनौपचारिक परिणामअनुसार उनले आवश्यक दुई सय ४७ भन्दा बढी मत हासिल गरेका हुन् ।
मतदानको आधिकारिक प्रमाणीकरणपछि राजा महा भाजिरालोङ्गकोर्नबाट औपचारिक नियुक्ति पाउने र केही दिनभित्रै उहाँले सरकार गठन गर्ने अपेक्षा गरिएको छ ।
अनुतिनले गत हप्ता अदालतको आदेशमा पदच्युत भएकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्राको स्थान लिएका छन् । पेटोङटार्नमाथि छिमेकी कम्बोडियाका सिनेट अध्यक्ष हुन सेनसँगको विवादास्पद फोन कलमार्फत नैतिकता उल्लङ्घन गरेको ठहर गरिएको थियो । यो विवादले जुलाईमा पाँच दिन लामो घातक सशस्त्र द्वन्द्व समेत जन्माएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० भदौ २०८२, १६ : ००
लेखकबाट थप