‘सूचीकृत हुन नआएका सामाजिक सञ्जाल आजबाटै निष्क्रिय’ : सञ्चार मन्त्री गुरुङ

सफल खबर संवाददाता

विहीबार, १९ भदौ २०८२, १८ : १२
‘सूचीकृत हुन नआएका सामाजिक सञ्जाल आजबाटै निष्क्रिय’ : सञ्चार मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आजसम्म सूचीकृत हुन नआएका सामाजिक सञ्जाललाई निष्क्रिय हुने बताएका छन् । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज पत्रकारहरूसँग कुरा गर्दै मन्त्री गुरुङले सूचीकृत हुन नआएका सामाजिक सञ्जाललाई निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको बताए । 

सर्वोच्च अदालतले प्रधानन्यायाधीशसहितको बृहत् पूर्ण इजलासले अदालतको अवहेलनासम्बन्धी मुद्दामा २०८० वैशाख १२ मा स्वदेशी तथा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सञ्चालन पूर्व अनिवार्य सम्बन्धित निकायमा सूचीकरण गर्न नेपाल सरकारको नाममा आदेश दिएको थियो

। 

 

प्रतिक्रिया दिनुहोस