काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सरकारको स्वेच्छाचारी कदममा संसद् सचिवालयले समर्थन जनाएको आरोप लगाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारमा आबद्ध दलले समर्थन फिर्ता लिएपछि विश्वासको मत नलिएर संविधान विपरीत काम गरेको बताएका हुन्।
उनले भने, संसद् सचिवालयले सरकारसँग बहुमत छ भनेर अदालतलाई चिठ्ठी लेखेको छ। यसरी सचिवालयबाट पत्र पठाउन मिल्छ ? सरकारसँग दुई तिहाइ, बहुमत छ कि अल्पमतमा छ भन्ने कुरा संसद्ले गर्ने कुरा हो नि। तपाईँले त्यसरी चिठ्ठी पठाउन मिल्छ ? सरकारको स्वेच्छाचारीमा संसद्ले समर्थन गर्न हुँदैन।
उनले विश्वासको मत नलिएकै कारणले सरकारमाथि नै प्रश्न उठेको बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ भदौ २०८२, १४ : ०८
लेखकबाट थप