बसन्तपुरमा लिङ्गो ठड्याएर सुरु गरियो इन्द्रजात्रा

सफल खबर संवाददाता

विहीबार, १९ भदौ २०८२, ११ : ५५
बसन्तपुरमा लिङ्गो ठड्याएर सुरु गरियो इन्द्रजात्रा

काठमाडौं । वसन्तपुर दरबार स्क्वायरबाट इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याएर जात्राको सुरुआत गरिएको हो ।

भाद्र शुक्ल द्वादशीका दिन लिङ्गो ठड्याएर जात्रा सुरु गर्ने प्रचलन छ । त्यसपछि विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी ८ दिनसम्म मनाउने प्रचलन छ ।

जात्राको अवसरमा दरबार स्क्वायर परिसरमा रहेका काष्ठमण्डप, कुमारी घर, शिवपार्वती मन्दिरलगायत सम्पदामा रङरोगन गरेर रातो ध्वजा फेरिएको छ । आज भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिंगोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिंगोको फेदमा भैरवको पूजा गरिन्छ ।

प्रतिक्रिया दिनुहोस