पहिरो प्रभावित वस्तिमा वाईसीयल !

सफल खबर संवाददाता

बुधबार, १८ भदौ २०८२, १९ : ५५
पहिरो प्रभावित वस्तिमा वाईसीयल !

नुवाकोट l   नुवाकोट जिल्लाको सुर्यगढी गाउँपालिका वार्ड –१ अन्तर्गत बुलबुले, काउले र सेम्राङका पहिरो प्रभावित बस्तीमा राहत सामग्री वितरण तथा श्रमदान कार्यक्रम सम्पन्न भएको छ ! उत्त कार्यक्रम मा संघीय संसद माननीय हित बहादुर तामाङ, नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता हरु वाइसीएल नेपालका केन्द्रीय अध्यक्ष पुष्प ओली लगायत अन्य पदाधिकारी हरु वाइसीएल नेपालका बागमति प्रदेश अध्यक्ष नरेश रञ्जित लगायत पदाधिकारिहरु , वाइसीएल नुवाकोट का अध्यक्ष जलन गजुरेल लगायत पदाधिकारिहरु , स्थानिय वार्ड सरकार , स्थानिय पार्टि , स्थानिय बासिन्दा लगायतको सहभागिता थियो ।

राहतस्वरूप प्रभावित परिवारलाई त्रिपाल, खानेपानी जार, लत्ता–कपडा, ब्ल्याङकेट, म्याट्रेस सहित नगद एक लाख रुपैयाँ हस्तान्तरण गरिएको छ। साथै, पहिरोका कारण बस्ती–बस्तीबीच आवतजावतमा समस्या भएकाले वाइसीएल नेपालको नेतृत्वमा श्रमदानमार्फत गोरेटो बाटो निर्माण गरी आवागमन सहज बनाउन सहयोग गरिएको थियो !

प्रतिक्रिया दिनुहोस