एभरेस्ट महिला भलिबल लिगको ट्रफी पोखरामा अनावरण

सफल खबर संवाददाता

बुधबार, १८ भदौ २०८२, १५ : ४६
एभरेस्ट महिला भलिबल लिगको ट्रफी पोखरामा अनावरण
 

 

शुक्रबारदेखि पोखरामा सुरु हुने लिगको ट्रफी बुधबार फेवा ताल किनारमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरे ।

उक्त कार्यक्रममा प्रमुख अतिथि मेयर आचार्यले पोखरामा भलिबलको विकास र महिला सशक्तीकरणमा यसले उल्लेखनीय योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । उनले खेलले केवल मनोरञ्जन होइन, पहिचान, आत्मनिर्भरता र सामाजिक परिवर्तन ल्याउने समेत बताए ।

ट्रफीलाई तालबाराही मन्दिरमा लगेर पूजा पनि गरिएको छ । इन्फनिटी ड्रीम्स प्रालिको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा हुने लिग भदौं २८ गतेसम्म चल्नेछ ।  

लिगको पहिलो खेल साबिक विजेता कर्णाली यशविस र पोखरा निन्जाजबीच हुनेछ । उक्त खेल २० गते दिउँसो २ बजेबाट सुरु हुनेछ । सोही दिन दोस्रो खेल ललितपुर क्विन्स र मधेश युनाइटेडबिचको खेल दिउँसो ४ बजेबाट सुरु हुनेछ ।

भदौ २६ गतेसम्म दैनिक दुई खेल हुनेछ । लिगमा ६ फ्रेन्चाइज टोली सहभागी छन् । सबै टोलीले एक अर्कासँग खेल्नेछन् । शीर्ष दुईमा हुने टोलीले भदौ २८ गते उपाधिका लागि भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस