काठमाडौ । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को सातौँ राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदैछ।
बुधबार दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ।
प्रज्ञा भवनमा उद्घाटन समारोह हुने र सम्मेलनको बन्दसत्र सुकेधाराको एक पार्टी प्यालेसमा हुने अनेमसंघकी उपाध्यक्ष गंगा बेल्बासेले जानकारी दिइन्। सम्मेलनको बन्दसत्र भोलि र पर्सी सुकेधाराकाे एक पार्टी प्यालेसमा हुनेछ।
सम्मेलनले १७ सदस्यीय पदाधिकारसहित अनेमसंघ क्रान्तिकारीको दुईसय १५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ। अनेमसंघ क्रान्तिकारीमा विमला सुवेदी, टीका बुढोकी, दाना शर्मा लगायतलाई अध्यक्षका मुख्य दाबेदारको रुपमा हेरिएको छ।
केन्द्रीय समितिका केही पदमा मनोनित हुने व्यवस्था अनेमसंघ क्रान्तिकारीको विधानमा छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ भदौ २०८२, ०९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड
२०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न ‘प्रचण्ड’को माग
भूमिहीन सुकुम्बासी समस्या समाधानका लागि पहल गर्छु: ‘प्रचण्ड’
मधेशमा जस्तै अरू प्रदेशमा पनि एमालेबाहेकको सत्ता समीकरण देखिन्छ: प्रचण्ड
चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड
विभेद अन्त्यका लागि सबै पक्षसँग हातेमालो जरुरी: प्रचण्ड