काठमाडौ । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को सातौँ राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदैछ।
बुधबार दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ।
प्रज्ञा भवनमा उद्घाटन समारोह हुने र सम्मेलनको बन्दसत्र सुकेधाराको एक पार्टी प्यालेसमा हुने अनेमसंघकी उपाध्यक्ष गंगा बेल्बासेले जानकारी दिइन्। सम्मेलनको बन्दसत्र भोलि र पर्सी सुकेधाराकाे एक पार्टी प्यालेसमा हुनेछ।
सम्मेलनले १७ सदस्यीय पदाधिकारसहित अनेमसंघ क्रान्तिकारीको दुईसय १५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ। अनेमसंघ क्रान्तिकारीमा विमला सुवेदी, टीका बुढोकी, दाना शर्मा लगायतलाई अध्यक्षका मुख्य दाबेदारको रुपमा हेरिएको छ।
केन्द्रीय समितिका केही पदमा मनोनित हुने व्यवस्था अनेमसंघ क्रान्तिकारीको विधानमा छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ भदौ २०८२, ०९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुकको राष्ट्रिय स्वाधिनता सबै भन्दा अफ्ठ्यारो अवस्थामा पुगेको छः प्रचण्ड
"राजनीतिक परिवर्तनका उद्देश्यहरू पूर्ण रूपमा हासिल हुन बाँकी छ: प्रचण्ड
श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा सरकार जिम्मेवार बनोस् : प्रचण्ड
थबाङ जिप दुर्घटना प्रति प्रचण्डद्वारा गहिरो दुःख व्यक्त, मृतकका परिवारलाई राहत दिन सरकारसँग माग
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो, अब शीतल निवासलाई हेर्न बाँकी छ: प्रचण्ड
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’