वर्षाले १३ स्थानमा सडक अवरुद्ध

सफल खबर संवाददाता

मंगलबार, १७ भदौ २०८२, १२ : २९
वर्षाले १३ स्थानमा सडक अवरुद्ध

काठमाडौँ । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण देशका १३ स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिकामा कोशी राजमार्ग, सोही जिल्लाको मकालु गाउँपालिकामा सोही राजमार्गको केही भागमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो ।

पासाङल्हामु राजमार्गको गोसाईंकुण्ड गाउँपालिकाको केही खण्ड तथा गल्छी-त्रिशूली-मैलुङ सडक बन्द छन् । ढोरपाटन-सालझण्डी, बेनी- दरवाङ सडक, भेरी करिडोर,कर्णाली राजमार्गअन्तर्गत जाजरकोटको छेडागाड र जाजरकोट-डोल्पा सडकखण्ड पनि बन्द छन् ।

सुरक्षाकर्मी सडक खुलाउन परिचालन भएका छन् । बाढी पहिरोका कारण बन्द भएका देशका विभिन्न भागका आठ सडकमा एकतर्फी सवारीसाधन सञ्चालन भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस