बागमती । सुक्खा पहिरो खस्दा हेटौँडा-काठमाडौँ जोड्ने सडक अवरुद्ध भएको छ । हेटौँडा-फाखेल-दक्षिणकाली काठमाडौँ सडकअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ ज्यामिरेमा आज बिहान ९:३० बजेतिर सुक्खा पहिरो खस्दा यस क्षेत्रमा यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
यस्तै त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–९ लामिडाँडा नजिकै ढुङ्गा र रुख खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । दुवै ठाउँमा डोजर परिचालन गरी पहिरो पन्छ्याउने काम भइरहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ साउन २०८२, १५ : ४१
लेखकबाट थप