काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुपन्देहीमा एक्लै चुनाव लड्ने र त्यसमा राम्रो नतिजा ल्याउने दाबी गरेका छन् ।
लुम्बिनी प्रदेशको सातौँ पूर्ण बैठक बुटवलको वेलबासमा सम्पन्न बैठकलाई सम्बोधन गर्दै पार्टी प्रचण्डले रुपन्देहीमा एक्लै चुनाव लड्ने तयारी थाल्न नेता कार्यकर्तालाई निर्देशन दिए ।
अध्यक्ष ‘प्रचण्ड’ले भने, ‘माओवादीले यो परिवर्तनको आन्दोलनमा खेलेको भूमिका कसैले नकार्न सक्दैन । बाहिर प्रचारप्रसार त हामीले गर्नुपर्यो नि, रुपन्देहीमा हामीले पहिला भन्दा राम्रो परिणाम ल्याउँछौँ, ल्याउँछौँ । एक्लै लड्ने हो, तपाईँहरू त्यसको तयारी गर्नुहोस् ।’
अध्यक्ष प्रचण्डले पार्टीभित्र देखिएको असन्तुष्टि र बहसलाई वर्गसंर्घषको स्वभाविक स्वरूप भएको बताउँदै बचाउ गरे ।
उनले दृष्टान्त दिँदै भने, ‘असन्तुष्टि जहाँ गयो त्यहीँ हुन्छ, विश्वको क्रान्तिकारी आन्दोलनमा पनि यस्तै देखिन्छ ।’
प्रचण्डले पार्टीप्रति जनताको भरोसा पुनस् बढ्दो अवस्थामा रहेको दाबी गरे । जोसुकै विरुद्धमा लागेको भए पनि विज्ञान र वर्ग संर्घषको नियमअनुसार माओवादी आन्दोलन अझ अघि बढ्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ भदौ २०८२, २० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड
२०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न ‘प्रचण्ड’को माग
भूमिहीन सुकुम्बासी समस्या समाधानका लागि पहल गर्छु: ‘प्रचण्ड’
मधेशमा जस्तै अरू प्रदेशमा पनि एमालेबाहेकको सत्ता समीकरण देखिन्छ: प्रचण्ड
चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड