काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ। पार्टी कार्यवाहक सभापति डीपी अर्यालको आह्वानमा बैठक दिउँसो १ः३० बजे काठमाडौंको बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।
बैठकमा तीनवटा एजेण्डा तय गरिएको छ। तीमध्ये रूपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार छनोट मूल्यांकन प्रमुख विषय रहनेछ। त्यससँगै प्रवास विशेष अभियान सञ्चालन र विविध विषयमा पनि छलफल हुने भएको छ।
बैठकपछि पार्टी प्रवेश कार्यक्रमसमेत आयोजना हुनेछ। साथै, रूपन्देही–३ मा हुन लागेको उपनिर्वाचनको लागि उम्मेदवार घोषणा गर्ने तयारी रास्वपाले गरेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ भदौ २०८२, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज संसदमा रास्वपाबाट रवि लामिछानेले सम्बोधन गर्ने
संविधान संशोधनमा रास्वपाको उल्टो कदम : बहसअघि कार्यदल, दलहरू अन्योलमा
निजामतीभित्रका कुनै पनि समूह र अभियानसँग हाम्रो सम्बन्ध छैन : रास्वपा
बालेन साह रास्वपा संसदीय दलको नेतामा सर्वसम्मत चयन
रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने
रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक