काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ। पार्टी कार्यवाहक सभापति डीपी अर्यालको आह्वानमा बैठक दिउँसो १ः३० बजे काठमाडौंको बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।
बैठकमा तीनवटा एजेण्डा तय गरिएको छ। तीमध्ये रूपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार छनोट मूल्यांकन प्रमुख विषय रहनेछ। त्यससँगै प्रवास विशेष अभियान सञ्चालन र विविध विषयमा पनि छलफल हुने भएको छ।
बैठकपछि पार्टी प्रवेश कार्यक्रमसमेत आयोजना हुनेछ। साथै, रूपन्देही–३ मा हुन लागेको उपनिर्वाचनको लागि उम्मेदवार घोषणा गर्ने तयारी रास्वपाले गरेको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ भदौ २०८२, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाद्वारा समानुपातिकतर्फ उम्मेदवार छनोट प्रक्रिया सुरु, आवेदन दिन आह्वान
रुपन्देही–३ बाहेक अन्यत्र उम्मेदवार चयन भएको छैन : रास्वपा
रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै
रास्वपा र विवेकशीलबीच एकीकरणका लागि भोलि एकता घोषणा सभा हुँदै
रास्वपाले हटायो सातै प्रदेशका इन्चार्ज, निर्वाचन केन्द्रित भूमिकामा खटाउने
रास्वपा सचिवालय बैठकले गरे यि ५ निर्णय