काठमाडौ । राष्ट्रियसभाको बैठक आज शुक्रबार अपराह्न १ः१५ बजे बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार बैठकको सुरुवात अर्थमन्त्री विष्णु पौडेलसँग सम्बन्धित मौखिक प्रश्नोत्तरबाट हुनेछ। सांसदहरूले उठाउने प्रश्नको जवाफ अर्थमन्त्रीले दिने कार्यक्रम छ।
त्यसपछि विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गर्नेछिन्।
यस्तै, राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले प्रतिनिधि सभाबाट आएको ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ सम्बन्धी सन्देश सभा समक्ष टेबुल गर्नेछन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव ल्याउने कार्यसूची छ।
त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ पनि दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ भदौ २०८२, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीविरुद्ध राष्ट्रियसभामा नाराबाजी, बैठक स्थगित
राष्ट्रियसभा बैठक बस्दै
राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभामा अध्यादेश पेस गर्दै प्रधानमन्त्री बालेन