काठमाडौं। प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। बैठकमा नागरिकता विधेयकदेखि भूमि सम्बन्धी संशोधन विधेयकसम्मका महत्वपूर्ण एजेन्डा टेबुल हुने कार्यक्रम रहेको छ।
प्रतिनिधि सभाका सचिव हर्कराज राईले राष्ट्रिय सभाबाट प्राप्त “नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१” सम्बन्धी सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ।
त्यसपछि सभामुखले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाइ समितिमा सदस्य हेरफेर गर्ने विषय प्रस्तुत गर्नेछन्।
यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले “भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२” विषयमा छलफल अघि बढाउने प्रस्ताव राख्नेछन्। छलफलपछि विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि मन्त्री अधिकारीले प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ भदौ २०८२, ०७ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा निर्वाचन : राप्रपाले गरायो दल दर्ता
प्रतिनिधिसभा पुनर्स्थापना गर्नेबारे सभामुखले आज दलहरूसँग छलफल गर्ने
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची
निजामती विधेयकको सन्देश प्रतिनिधिसभालाई प्राप्त
आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधिसभाको भदौ महिनाको क्यालेन्डर तय