ललितपुर । ललितपुर महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका सहकारी संस्थाहरूलाई सात बुँदे सूचना जारी गरेको छ । सहकारी ऐन २०७५ र आर्थिक ऐन २०८२/८३ अनुसारका प्रावधानलाई पालना गर्न महानगरले संस्थाहरूलाई निर्देशन दिएको हो ।
बुधबार जारी सूचना अनुसार सहकारी संस्थाले आगामी २०८२ आश्विन मसान्तभित्र अनिवार्य रूपमा लेखा परीक्षण सम्पन्न गर्नुपर्ने र परीक्षकको नियुक्ति सम्बन्धी विवरण महानगरलाई पठाउनुपर्ने छ । त्यसैगरी, वार्षिक साधारण सभा २०८२ पुस महिनाभित्र सम्पन्न गरी साधारण सभा सम्पन्न भएको मितिले १५ दिनभित्र वार्षिक प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था स्मरण गराइएको छ ।
महानगरले तोकिएको अवधिभित्र प्रतिवेदन नआए आर्थिक ऐनअनुसार जरिवाना लाग्ने चेतावनी दिएको छ । साथै, प्रतिवेदन पेश गर्दा चेकलिष्ट पूरा भएको सुनिश्चित गर्न आग्रह गरिएको छ ।
यसबाहेक, सहकारी विभाग, राष्ट्रिय सहकारी नियमन प्राधिकरण र नेपाल राष्ट्र बैंकले विभिन्न मितिमा जारी गरेका मापदण्ड तथा निर्देशन कार्यान्वयन गर्नुपर्ने भन्दै सचेत गराइएको छ । सहकारी संस्थाले प्रतिवेदनको हार्डकपी महानगरमा बुझाउनुका साथै वेबसाइटमार्फत समष्टिगत विवरण पनि अनिवार्य रूपमा अपलोड गर्नुपर्ने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ भदौ २०८२, ०९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा हाल ७५३ वटा सहकारी, ठुलामा पर्याप्त तरलता
समस्याग्रस्त सहकारीका ऋणीले भदौभित्र ऋण तिरे ब्याज र हर्जनामा छुट
समस्याग्रस्त ५ सहकारीका ऋणीलाई भदौ मसान्तभित्र ऋण चुक्ता गर्न ताकेता
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा दरखास्त आह्वान
काठमाडौंमा सहकारी र लघुवित्त पीडितहरुको प्रदर्शन
सहकारी तथा लघुवित्त पीडितले काठमाडौँमा गरे प्रदर्शन