ललितपुर । ललितपुर महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका सहकारी संस्थाहरूलाई सात बुँदे सूचना जारी गरेको छ । सहकारी ऐन २०७५ र आर्थिक ऐन २०८२/८३ अनुसारका प्रावधानलाई पालना गर्न महानगरले संस्थाहरूलाई निर्देशन दिएको हो ।
बुधबार जारी सूचना अनुसार सहकारी संस्थाले आगामी २०८२ आश्विन मसान्तभित्र अनिवार्य रूपमा लेखा परीक्षण सम्पन्न गर्नुपर्ने र परीक्षकको नियुक्ति सम्बन्धी विवरण महानगरलाई पठाउनुपर्ने छ । त्यसैगरी, वार्षिक साधारण सभा २०८२ पुस महिनाभित्र सम्पन्न गरी साधारण सभा सम्पन्न भएको मितिले १५ दिनभित्र वार्षिक प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था स्मरण गराइएको छ ।
महानगरले तोकिएको अवधिभित्र प्रतिवेदन नआए आर्थिक ऐनअनुसार जरिवाना लाग्ने चेतावनी दिएको छ । साथै, प्रतिवेदन पेश गर्दा चेकलिष्ट पूरा भएको सुनिश्चित गर्न आग्रह गरिएको छ ।
यसबाहेक, सहकारी विभाग, राष्ट्रिय सहकारी नियमन प्राधिकरण र नेपाल राष्ट्र बैंकले विभिन्न मितिमा जारी गरेका मापदण्ड तथा निर्देशन कार्यान्वयन गर्नुपर्ने भन्दै सचेत गराइएको छ । सहकारी संस्थाले प्रतिवेदनको हार्डकपी महानगरमा बुझाउनुका साथै वेबसाइटमार्फत समष्टिगत विवरण पनि अनिवार्य रूपमा अपलोड गर्नुपर्ने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ भदौ २०८२, ०९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३४ जना बचतकर्ताको बचत रकम फिर्ता
सुरु भयो सहकारीको बचत फिर्ता
सहकारी बचत फिर्ता ऋण असुलीबाट गरिने
समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता जेठ पहिलो सातादेखि सुरु हुने
महिलालाई आत्मनिर्भर बनाउँदै सहकारी
सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्नेबारे सरोकारवालासँग छलफल गर्दै मन्त्रालय