बुटवल । त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय परीक्षा बोर्ड लगायत संस्थाका ठूलो मात्रामा नक्कली शैक्षिक प्रमाणपत्रहरू सहित एक भारतीय नागरिकलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार रुपन्देहीमा यति ठूलो संख्यामा नक्कली शैक्षिक प्रमाणपत्र बरामद भएको यो पहिलो घटना हो ।
नेपाल र भारतका विभिन्न शैक्षिक संस्थाका नक्कली शैक्षिक प्रमाणपत्रहरू, स्ट्याम्प, होलोग्राम तथा स्टिकरहरू सहित भारत कानपुर नौबस्ती बस्ने अभिषेक यादवलाई रुपन्देही प्रहरीले पक्राउ गरेको हो ।
सिद्धार्थनगर नगरपालिका–१ बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ भित्र प्रवेश गर्न लागेको अवस्थामा यादवलाई जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ भदौ २०८२, ०९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ