बुटवल । त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय परीक्षा बोर्ड लगायत संस्थाका ठूलो मात्रामा नक्कली शैक्षिक प्रमाणपत्रहरू सहित एक भारतीय नागरिकलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार रुपन्देहीमा यति ठूलो संख्यामा नक्कली शैक्षिक प्रमाणपत्र बरामद भएको यो पहिलो घटना हो ।
नेपाल र भारतका विभिन्न शैक्षिक संस्थाका नक्कली शैक्षिक प्रमाणपत्रहरू, स्ट्याम्प, होलोग्राम तथा स्टिकरहरू सहित भारत कानपुर नौबस्ती बस्ने अभिषेक यादवलाई रुपन्देही प्रहरीले पक्राउ गरेको हो ।
सिद्धार्थनगर नगरपालिका–१ बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ भित्र प्रवेश गर्न लागेको अवस्थामा यादवलाई जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ भदौ २०८२, ०९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हायात क्यासिनोमा आगजनी र चोरीमा संलग्न दुई जना पक्राउ
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २२ वर्षपछि पक्राउ
रौतहटमा नक्कली नोटसहित तीनजना पक्राउ
जेनजीका नाममा सरकारी कार्यालयमा आगजनीमा संलग्नको आरोपमा पूर्वमन्त्री मोदीका स्वकीय सचिव पक्राउ
क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा पक्राउ
महिलाको हातबाट ब्याग खोस्ने चारजना पक्राउ