काठमाडौ । पछिल्लो पाँच वर्षमा मुलुकमा खाना पकाउने एलपी ग्यास आयातका लागि चार खर्ब रुपियाँ बाहिरिएको छ ।
नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि आव २०८१/८२ सम्म चार खर्ब पाँच करोड रुपियाँ बराबरको २५ लाख ९३ हजार मेट्रिक टन ग्यास आयात भएको छ । बजारमा खपत बढेसँगै ग्यासको आयातसमेत बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।
पछिल्लो समय सहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रमा पनि ग्यासको प्रयोग बढ्दै गएकाले आयातमा समेत वृद्धि भएको हो । सरकारले ग्यासको आयात गर्न विद्युत् खपतमा जोड दिए पनि बिजुली पूर्ण रूपमा भर पर्दो नहुँदा ग्यासकै खपत बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार आव २०८१/८२ मा सबैभन्दा धेरै ६२ अर्ब ५५ करोड रुपियाँ बराबरको पाँच लाख ४० मेट्रिक टन ग्यासको आयात भएको छ । अघिल्लो आव २०८०/८१ मा ५५ अर्ब ६१ करोड ८४ लाख रुपियाँ बराबरको पाँच लाख २४ हजार मेट्रिक टन ग्यास आयात भएको थियो । एक वर्षको अवधिमा सात अर्ब रुपियाँ बराबरको ग्यासको बढी आयात भएको तथ्याङ्कले देखाएको छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ भदौ २०८२, ०७ : १४
लेखकबाट थप