काठमाडौं । चीनको बन्दरगाह सहर तियान्जिनमा आयोजना हुने सांघाई को-अपरेसन अर्गनाइजेसन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन चिनियाँ पक्षले राष्ट्रपति रामचन्द्र पौडेललाई निम्तो पठाएको थियो- करिव दुई महिना अगाडी । सुरुमा राष्ट्रपति पौडेलले आफु चीन आउने वचन पनि दिए चिनियाँ पक्षलाई । तर, अचानक पौडेलले नजाने निर्णय लिए ।
त्यसपछि अब उक्त कार्यक्रममा प्रधानमन्त्री केपी ओली आफैं जाँदैछन् । ओलीको सरकारको नेतृत्व गरेको १४ महिनापछि आफैले निक्कै जान हतार गरेको भारत भ्रमण, त्यस अगाडी एमालेको विद्यान महाधिवेशन, पूर्व राष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता नविकरण नगर्ने निर्णयपछि पार्टीभित्र उनीमाथी परिरहेको दवाव र तीव्र धुव्रिकरणका बीच ओलीले राष्ट्रपति रामचन्द्र पौडेल चीन नजाने भएपछि आफ्नै भ्रमण तालिका तय गरेका छन् ।
चिनियाँ पक्षले राष्ट्रपति पौडेललाई निम्तो पठाए पनि किन उनी जान तयार भएनन् ? यसबारे चर्चा शुरु भएको छ । चीनले उक्त शिखर सम्मेलनमा नेपाल सहित अन्य देशका पनि राष्ट प्रमुखहरुलाई निम्तो गरेको उक्त कार्यक्रममा राष्ट्रपति पौडेलले जान अरुची देखाउनु भित्र खासगरी उनलाई चिनियाँ पक्षले बनाएको औपचारिक कार्यक्रम तालिका प्रमुख रहेको बताइएको छ ।
चिनियाँ पक्षले राष्ट्रपति रामचन्द्र पौडेललाई शिखर सम्मेलन र बेइजिङमा ८० औं विजय दिवस परेडको स्मृतिमा उपस्थित हुने गरी निम्तो गरेको थियो । सेप्टेम्बर ३ मा तय भएको परेडले दोस्रो चीन–जापानी युद्ध र दोस्रो विश्वयुद्धको अन्त्य भएको दिनका रुपमा चीनले मनाउने गरेको छ । उक्त दिन सैन्य परेड सहित औपचारिक कार्यक्रमहरू आयोजना गदैं आएको छ ।
यो कार्यक्रम जापानीसेनाविरुद्द चिनियाँ सेनाले विजय प्राप्त गरेको वर्षगाँठको रुपमा चिनियाँहरुले मनाउने गरेका छन् । यधपी, यो खालको कार्यक्रमलाई जापानीहरुले भने निको मान्न्दैनन । र, यस खालको कार्यक्रमप्रति उनीहरुको हेर्ने दृष्टिकोण पनि राम्रो मानिदैन ।
जापान नेपालको प्रमुख सहायता साझेदार देश भएको र जापानी सेनाविरुद्ध चिनियाँ सेनाले विजय प्राप्त गरेको वर्षगाँठमा नेपालको उच्चस्तरीय प्रतिनिधित्व कूटनीतिक सन्तुलनका हिसाबले सही नहुने सुझाव राष्ट्रपति पौडेललाई उनका सल्लाहकारले दिएपछि पौडेलले उक्त कार्यक्रममा सहभागी हुने गरी चीन नजाने निर्णय लिएका हुन् ।
त्यसपछि राष्ट्रपतिको भ्रमण नहुने जानकारी चिनियाँ पक्षलाई गराइएको एक कूटनीतिक अधिकारीले जानकारी दिए । ‘जापानलाई चिढ्याउने र नेपाललाई कुनै पनि हित नहुने यस्तो कार्यक्रममा सहभागी हुन राष्ट्रपति जानुहुँदैन भन्ने आन्तरिक विश्लेषणपछि राष्ट्रपति नजाने तय भयो,’ ती अधिकारीले भने ।
त्यसो त फेरि राष्ट्रपति पौडेल आफैँलाई २०२२ डिसेम्बरमा जापानी सरकारले दिएको सर्वोच्च पदक ‘अर्डर अफ द राइजिङ सन’ का कारण पनि चिनको उक्त कार्यक्रममा सहभागी हुनु त्यक्ति उपयुक्त नहुने लागेपछि उनको भ्रमण नहुने जानकारी गराइएको हो ।
‘राष्ट्रपति पौडेललाई २०२२ मा जापानी सरकारले ‘अर्डर अफ द राइजिङ सन’ प्रदान गरेको हुनाले विजय परेडमा भाग लिन अस्वीकार गरे, जसले गर्दा ‘जापान विरोधी कार्यक्रम’ मा उनको उपस्थिति कूटनीतिक रूपमा संवेदनशील भएको देखिएपछि हामीले पौडेलको भ्रमण रद्द गर्नुप¥यो,' परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।
राष्टपतिको भ्रमण रद्द गर्ने निश्कर्ष चिनियाँ पक्षलाई सुनाउँदा नेपाली पक्षले शिखर सम्मेलन भन्दा राजकीय भ्रमणको लागि उपयुक्त हुने र त्यस अनुसार ब्यवस्थापन गर्न अनुरोध गरेको थियो ।
नेपाल सांघाई को-अपरेसन अर्गनाइजेसन (एससिओ)को एक संवाद साझेदार हो र लामो समयदेखि क्षेत्रीय ब्लकमा पर्यवेक्षकको हैसियतको लागि अनुरोध गर्दै आएको छ । तर केही सदस्य राष्ट्रहरूको आपत्तिका कारण यो प्रक्रिया अवरुद्ध भएको छ ।
जुन १५, २००१ मा स्थापित सांघाई को-अपरेसन अर्गनाइजेसन (एससिओ) मा १० सदस्य राष्ट्रहरू, दुई पर्यवेक्षकहरू र नेपाल सहित १४ संवाद साझेदारहरू छन् । सामान्यतया, संवाद साझेदारहरूका प्रतिनिधिहरूलाई एससीओ शिखर सम्मेलनमा आमन्त्रित गरिँदैन, जसलाई राज्य प्रमुख परिषद् शिखर सम्मेलन पनि भनिन्छ । यस पटक, नेपाल अतिथि सूचीमा छ, त्यसैले पनि चिनियाँ पक्षले नेपालबाट उच्चस्तरीय भ्रमण गराउन चाहेको हो ।
पौडेल नजाने भएपछि नेपालले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई एससीओ शिखर सम्मेलनमा पठाउने विचार गरेको थियो, तर बेइजिङले आफ्नो नेपालबाट राष्टपतिको उपस्थिती नभए प्रधानमन्त्रीस्तरीय प्रतिनिधिमण्डलको अपेक्षा गरेको संकेत गरेपछि अन्तत ओलीको भ्रमण टुंगो लागेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० साउन २०८२, १० : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चार देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
प्रधानमन्त्री र तुर्कमेनिस्तानका राष्ट्रपतिबीच भेटवार्ता
राष्ट्रपति भेट्न शीतल निवासमा सभामुख
एमालेमा भण्डारी रोक्न ओलीले कसरी बनाए योजना
चाँडै चीन भ्रमणको सम्भावना छ : राष्ट्रपति ट्रम्प