म्याग्दी । म्याग्दीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।
मालिका गाउँपालिका-५ रुन्मामा बुधबार दिउँसो ग २ च ४३९२ नम्बरको बोलेरो दुर्घटनामा परेको प्रहरीले जनाएको छ।दरवाङबाट रुन्मातर्फ जाँदै गरेको गाडी अनियन्त्रित भई सडकदेखि करिब ४० मिटर तल खसेर दुर्घटना भएको छ।
दुर्घटनामा मालिका गाउँपालिका–५ की ४३ वर्षीया छनदेवी फगामीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए।
दुर्घटनामा गाडीका चालक मालिका-५ का ४० वर्षीय चन्द्र पुन, १४ वर्षीया सिर्जना घर्ती र ७३ वर्षीय भविराज फगामी घाइते भएका छन्। उनीहरुको दरवाङ आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० साउन २०८२, ०८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन
सिन्धुलीमा गाडी दुर्घटना, ४ जना घाइते
चितवनमा दुर्घटना बढ्दाे : गत साउनदेखि कात्तिकसम्म २९ जनाको मृत्यु
विभिन्न स्थानमा भएको दुर्घटनामा परि ३ जनाको मृत्यु
चितवनमा बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु