एजेन्सी । अमेरिकाको मोन्टाना हवाईअड्डामा अवतरणका क्रममा एउटा सानो विमान त्यहाँ पार्क गरिएको अर्को विमानसँग ठोक्किएको छ । ठक्करका कारण विमानमा भीषण आगलागी हुँदा आकाशमा धुवाँको मुस्लो देखिएको छ ।
उद्धार टोलीले तीव्र गतिमा उद्धार कार्य सुरु गरेको छ । विमानमा सवार कोही व्यक्तिलाई गम्भीर चोट नलागेको जानकारी गराइएको छ ।
अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)का अनुसार, सोकाटा टीबीएम ७०० टर्बोप्रोप विमानले जमिनमा खाली रहेको अर्को विमानलाई ठक्कर दिएको थियो ।ठक्करपछि लागेको आगो घाँस भएको क्षेत्रमा फैलियो र कालो धुवाँको मुस्लो उठेको थियो ।
मोन्टाना हवाईअड्डा कालिस्पेल हिरको दक्षिणी क्षेत्रमा अवस्थित छ । कालिस्पेलका अग्निनियन्त्रण विभाग (फायर ब्रिगेड) प्रमुख जे हेगनले एउटा विमान दक्षिण दिशाबाट आएर रनवेको अन्त्यतिर दुर्घटना भएको बताए । त्यसपछि त्यो त्यहाँ रहेको अर्को विमानसँग ठोक्किएको र आगलागी भएको उनले जानकारी गराए ।
आगलागी हुनुअघि विमानमा सवार पाइलट र तीन यात्री आफैँ बाहिर निस्कन सफल भएका जनाइएको छ । दुई यात्री सामान्य घाइते भएका र हवाईअड्डामै उनीहरूको उपचार गरिएको हेगनले जानकारी दिए ।
स्थानीय लज सञ्चालक रन डेनियलसनले आफूले ठक्करको ठूलो आवाज सुनेको र क्षेत्रमा कालो धुवाँको मुस्लो फैलिएको बताए ।
एफएएको रेकर्डअनुसार, उक्त विमान सन् २०११ मा बनाइएको थियो । त्यसको स्वामित्व वासिङटनको पुलम्यानस्थित मिटर स्काई एलएलसीसँग छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २८ साउन २०८२, १० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुडानमा विमान दुर्घटना, जनाको मृत्यु
अमेरिकी सेनाको विमानमा आक्रमण, क्षेत्रीय अस्थिरता बढ्यो
रुसी सैन्य विमान क्रिमियामा दुर्घटनाग्रस्त, २९ जनाको मृत्यु
कोलम्बियामा १२१ जना सवार सैनिक विमान दुर्घटना
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन
लिबियाका सेना प्रमुखको विमान दुर्घटनमा परी मृत्यु