काठमाडौ । पूर्वपश्चिम राजमार्गअन्तर्गत भोक्राहा नरसिंह गाउँपालिका-३, जलुवाटोलमा आज (सोमबार) बिहान बस र विङ्गर ठोकिँदा ३ जनाको मृत्यु भएको छ भने २० व्यक्ति घाइते भएका छन्।
प्रहरीका अनुसार बिहान ७:१५ बजेतिर काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २-०१-००१ ज ००४७ नम्बरको विङ्गर एकआपसमा ठोकिएका हुन्।
दुर्घटनामा बस र विङ्गरमा सवार यात्रुमध्ये २० जना घाइते भएका हुन् भने २ जनाको घटनास्थलमै मृत्यु भएको हो।उपचारका क्रममा थप एक जनाकाे मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको प्रहरीले जनाएको छ।
भोक्राहास्थित ग्लोबल कार्डियो एन्ड न्युरो अस्पतालमा उपचाररत १५ जनामध्ये २ पुरुषको मृत्यु भएको हो। एक जनाको गम्भीर अवस्था गम्भीर छ भने १२ जनालाई मध्यम चोटपटक लागेको जानकारी प्रहरीले दिएको छ।
इनरुवास्थित सुनसरी जिल्ला अस्पतालमा उपचाररत ५ जनामध्ये १ महिलाको मृत्यु भएको हो।
त्यहाँका ३ जनालाई विराटनगरको गोल्डेन अस्पतालमा रिफर गरिएको छ भने १ जनालाई सामान्य चोटपटक लागेको छ। घाइते २० जनामध्ये २ पुरुष र १ महिलाको मृत्यु भएको हो।
बाँकी घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर, १२ जनाको अवस्था मध्यम र १ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमन तिमल्सिनाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ साउन २०८२, १० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु
जन्ती बोकेको बलेरो दुर्घटना, पाँच जना घाइते
सुडानमा विमान दुर्घटना, जनाको मृत्यु