काठमाडौ । पूर्वपश्चिम राजमार्गअन्तर्गत भोक्राहा नरसिंह गाउँपालिका-३, जलुवाटोलमा आज (सोमबार) बिहान बस र विङ्गर ठोकिँदा ३ जनाको मृत्यु भएको छ भने २० व्यक्ति घाइते भएका छन्।
प्रहरीका अनुसार बिहान ७:१५ बजेतिर काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २-०१-००१ ज ००४७ नम्बरको विङ्गर एकआपसमा ठोकिएका हुन्।
दुर्घटनामा बस र विङ्गरमा सवार यात्रुमध्ये २० जना घाइते भएका हुन् भने २ जनाको घटनास्थलमै मृत्यु भएको हो।उपचारका क्रममा थप एक जनाकाे मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको प्रहरीले जनाएको छ।
भोक्राहास्थित ग्लोबल कार्डियो एन्ड न्युरो अस्पतालमा उपचाररत १५ जनामध्ये २ पुरुषको मृत्यु भएको हो। एक जनाको गम्भीर अवस्था गम्भीर छ भने १२ जनालाई मध्यम चोटपटक लागेको जानकारी प्रहरीले दिएको छ।
इनरुवास्थित सुनसरी जिल्ला अस्पतालमा उपचाररत ५ जनामध्ये १ महिलाको मृत्यु भएको हो।
त्यहाँका ३ जनालाई विराटनगरको गोल्डेन अस्पतालमा रिफर गरिएको छ भने १ जनालाई सामान्य चोटपटक लागेको छ। घाइते २० जनामध्ये २ पुरुष र १ महिलाको मृत्यु भएको हो।
बाँकी घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर, १२ जनाको अवस्था मध्यम र १ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमन तिमल्सिनाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ साउन २०८२, १० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन
सिन्धुलीमा गाडी दुर्घटना, ४ जना घाइते
चितवनमा दुर्घटना बढ्दाे : गत साउनदेखि कात्तिकसम्म २९ जनाको मृत्यु
विभिन्न स्थानमा भएको दुर्घटनामा परि ३ जनाको मृत्यु
चितवनमा बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु