काठमाडौँ । जिल्ला कारागार कैलालीमा कैदीबन्दीबीच झडप भएको छ। झडपमा एक जना कैदीबन्दीको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
झडपमा धनगढी उपमहानगरपालिका–४, भरत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताए। कुटपिटबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते ४७ जनालाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए । गम्भीर घाइते रबी चौधरी जनाको आइसीयुमा राखेर उपचार भइरहेको छ। सेती प्रादेशिक अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रहरीले बिरामीका आफन्त र सर्वसाधारणलाई अस्पताल भित्र जान कडाइ गरेको छ।
कारागारमा कैदीबन्दीको दुई समूहबीच झडप भएको हो । कैदीबन्दीबीच शुक्रबार राती करिब ११ बजेदेखि सुरु भएको विवाद बिहान झडपमा परिणत भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ साउन २०८२, ०९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुर कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी
दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागारमा राखियो
रेशम चौधरीलाई कारागार बुझाइयो
कारागारभित्रै सीप सिकेर कमाउँछन् कैदीबन्दीहरू
रवि लामिछाने भैरहवा कारागार चलान
चितवन कारागारमा एक सय पचासभन्दा बढी दीर्घरोगी