गुल्मी । गुल्मी जिल्लाको रुरूक्षेत्र गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिने भएको छ ।
गाईजात्रा पर्वको अवसरमा साउन २५ गते आइतबार सार्वजनिक बिदा दिने भएको हो ।
गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले जारी गरेको सूचनामा गाईजात्रालाई सामाजिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण पर्वका रूपमा मनाइँदै आएको र विगतका वर्षमा झैँ यस वर्ष पनि सार्वजनिक बिदा प्रदान गरिएको उल्लेख छ।
बिदाका दिन गाउँ कार्यपालिकाको कार्यालय, अन्तर्गतका सम्पूर्ण कार्यालय, स्वास्थ्य संस्था, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्था तथा अन्य संघ–संस्थाहरू बन्द रहने छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ साउन २०८२, ०९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिसो बढेपछि गौरका विद्यालयमा बिदा
मधेस प्रदेशमा आज सार्वजनिक बिदा
आज पनि तिहारकै सार्वजनिक बिदा
आज र भोलि सार्वजनिक बिदा
भदौ २२ गते चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा
स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने