गुल्मी । गुल्मी जिल्लाको रुरूक्षेत्र गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिने भएको छ ।
गाईजात्रा पर्वको अवसरमा साउन २५ गते आइतबार सार्वजनिक बिदा दिने भएको हो ।
गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले जारी गरेको सूचनामा गाईजात्रालाई सामाजिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण पर्वका रूपमा मनाइँदै आएको र विगतका वर्षमा झैँ यस वर्ष पनि सार्वजनिक बिदा प्रदान गरिएको उल्लेख छ।
बिदाका दिन गाउँ कार्यपालिकाको कार्यालय, अन्तर्गतका सम्पूर्ण कार्यालय, स्वास्थ्य संस्था, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्था तथा अन्य संघ–संस्थाहरू बन्द रहने छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ साउन २०८२, ०९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा
सातामा दुई दिन बिदाको निर्णय आजदेखि लागू, कार्यालय समय पनि परिवर्तन
सञ्चारमन्त्रीको निर्देशनपछि सार्वजनिक बिदाको दिन पनि हुलाकबाट सेवा लिन सकिने
चुनावले छपक्कै छोप्यो, आजदेखि एकसाता बिदा
आज ग्याल्पो ल्होसारको सार्वजनिक बिदा
चिसो बढेपछि गौरका विद्यालयमा बिदा