काठमाडौँ । भुटानको थिम्पुमा जारी एएफसी यू-२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आज साउदी अरेबियासँग खेल्दैछ । खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा दिउँसो पौने २ बजे सुरु हुनेछ । यसअघि साँझको समयमा खेलेको नेपालले आज दिउँसो खेल्नेछ ।
नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १/१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । साउदी अरेबियाले भने उत्तर कोरियासँग १५/० को फराकिलो हार बेहोरेको थियो ।पहिलो खेलमा बराबरी खेलेपछि नेपाली टोली समूह विजेता बन्ने सम्भावनामा धक्का लागेको छ । बलियो टोली उत्तर कोरियासँग नेपालले खेल्न बाँकी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ साउन २०८२, १० : ३७
लेखकबाट थप