साउदी अरेबियामाथि नेपालको जित

सफल खबर संवाददाता

शुक्रबार, २४ साउन २०८२, १५ : ४३
साउदी अरेबियामाथि नेपालको जित

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपालले साउदी अरेबियालाई पराजित गरेको छ । भुटानमा भएको खेलमा नेपालले साउदी अरेबियालाई १-० गोल अन्तरले पराजित गर्‍यो ।

नेपालको जितमा सुकृया मियाले निर्णायक गोल गरिन् । उनले खेलको ९०औं मिनेटमा गोल गरेकी हुन् । यसअघि पहिलो खेलमा नेपालले भुटानसँग १-१ को बराबरी खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस