काठमाडौँ । निर्वाचन आयोगले ल्याएको राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२ मा नेपाली काँग्रेसले असहमति जनाएको छ।
आयोगले आजसम्म कार्यविधिमाथि सुझाव दिन राजनीतिक दल र सरोकारवालाहरूलाई आग्रह गरेको थियो।
काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आयोगको मस्यौदाप्रति पार्टीको विमति रहेको बताएका हुन्।
‘राजनीतिक दललाई मूल्यांकन जनताले, निर्देशित संविधानले गर्ने हो,’ महामन्त्री शर्माले भने, ‘निर्वाचन आयोगले तयार गरेको राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२’ को मस्यौदाप्रति प्रष्ट विमति छ ।’
उनले विधिको बाटो बहादुर भवनमै टुंगियोस् भनेका छन्। यसअघि नेकपा (एमाले) ले पनि आयोगले ल्याएको कार्यविधिमा आपत्ति जनाएको थियो।
साथै प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बसेको प्रतिपक्षी दलहरूको बैठकले पनि निर्वाचन आयोगले ल्याएको कार्यविधिको विरोध गर्ने निर्णय गरेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ साउन २०८२, १५ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले संसद् पुनर्स्थापनालाई लिएर निवेदन दियो सर्वाेच्चमा, महामन्त्री भन्छन्– पार्टीको धारणा होइन
कांग्रेसका कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउन सात दलीय गठबन्धन सहमत
राष्ट्रिय सभा र प्रदेश सांसदलाई उम्मेदवार नबनाउने काँग्रेसको निर्णय
कांग्रेसको पार्टी कमिटिलाई अर्काे परिपत्र : स्थानीय तह, प्रदेशसभा र राष्ट्रिय सभामा बहाल जनप्रतिनिधि उम्मेदवार बन्न नपाउने
सामाजिक न्यायको पक्षमा निरन्तर उभिने काँग्रेसको प्रतिबद्धता
कांग्रेसले यस्तो बनायो क्रियाशील सदस्यता वितरण र नवीकरणको मापदण्ड