काठमाडौँ । निर्वाचन आयोगले ल्याएको राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२ मा नेपाली काँग्रेसले असहमति जनाएको छ।
आयोगले आजसम्म कार्यविधिमाथि सुझाव दिन राजनीतिक दल र सरोकारवालाहरूलाई आग्रह गरेको थियो।
काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आयोगको मस्यौदाप्रति पार्टीको विमति रहेको बताएका हुन्।
‘राजनीतिक दललाई मूल्यांकन जनताले, निर्देशित संविधानले गर्ने हो,’ महामन्त्री शर्माले भने, ‘निर्वाचन आयोगले तयार गरेको राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२’ को मस्यौदाप्रति प्रष्ट विमति छ ।’
उनले विधिको बाटो बहादुर भवनमै टुंगियोस् भनेका छन्। यसअघि नेकपा (एमाले) ले पनि आयोगले ल्याएको कार्यविधिमा आपत्ति जनाएको थियो।
साथै प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बसेको प्रतिपक्षी दलहरूको बैठकले पनि निर्वाचन आयोगले ल्याएको कार्यविधिको विरोध गर्ने निर्णय गरेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ साउन २०८२, १५ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउन पार्टीको अभियानमा साथ दिन काँग्रेसको आग्रह
‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियानसहित नेता कार्यकर्तालाई परिचालन गर्ने काँग्रेसको निर्णय
कांग्रेस कार्यसम्पादन समिति बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
काँग्रेस सभापति थापा पोखरामा
देश विकासको भिजन समेटिएको घोषणा पत्र तयार हुँदैछ : कांग्रेस महामन्त्री