काठमाडौँ । काठमाडौँको बौद्धमा युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
साउन १८ मा लामा पेट्रोल पम्प अगाडी मकवानपुर घर भएर गोकर्णेश्वर नगरपालिका–४ नाम्गेल बस्ने २७ वर्षीय सुरेन्द्र थोकरमाथि खुकुरी प्रहार भएको थियो ।
खुकुरी प्रहारमा संलग्न आरोपमा पक्राउ पर्नेमा धनकुटाको भेडेटार घर भएर दक्षिणढोका बस्दै आएका २० वर्षीय आशिष राई र मोरङ उर्लाबारी नगरपालिका घर भएर जोरपाटी बस्दै आएका १८ वर्षीय संस्कार मगर छन् ।
उनीहरूलाई बुधवार काठमाडौँ महानगरपालिका–६ रामहिटी नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुलदिप चन्दले बताए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ साउन २०८२, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ
चार महिने छोराको हत्या अभियोगमा असई पक्राउ
हायात क्यासिनोमा आगजनी र चोरीमा संलग्न दुई जना पक्राउ
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २२ वर्षपछि पक्राउ
रौतहटमा नक्कली नोटसहित तीनजना पक्राउ
जेनजीका नाममा सरकारी कार्यालयमा आगजनीमा संलग्नको आरोपमा पूर्वमन्त्री मोदीका स्वकीय सचिव पक्राउ