बारा । बाराको कलैया उपमहानगरपालिका-३ गङ्गापुरमा पोखरीमा डुबेर सात वर्षीय बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा कलैया उपमहानगरपालिका- ३ गङ्गापुरका रामईश्वर साहका सात वर्षीय छोरा सञ्जीत साह रहेका छन्।
बुधबार घर नजिकै छठघाटका लागि बनाइएको पोखरीमा डुबेर बालकको मृत्यु भएको हो। बालक पोखरीमा डुबेको देखेपछि स्थानीयले तत्कालै उद्धार गरी अस्पताल लगेका थिए।
बालकलाई उपचारका लागि कलैयास्थित आशिर्वाद अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक खेम नेपालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ साउन २०८२, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु