बारा । बाराको कलैया उपमहानगरपालिका-३ गङ्गापुरमा पोखरीमा डुबेर सात वर्षीय बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा कलैया उपमहानगरपालिका- ३ गङ्गापुरका रामईश्वर साहका सात वर्षीय छोरा सञ्जीत साह रहेका छन्।
बुधबार घर नजिकै छठघाटका लागि बनाइएको पोखरीमा डुबेर बालकको मृत्यु भएको हो। बालक पोखरीमा डुबेको देखेपछि स्थानीयले तत्कालै उद्धार गरी अस्पताल लगेका थिए।
बालकलाई उपचारका लागि कलैयास्थित आशिर्वाद अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक खेम नेपालले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ साउन २०८२, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु
रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
छाेराकाे कुटपिटबाट ६० वर्षीय बाबुकाे मृत्यु
झापा कारागारका एक कैदीको मृत्यु
सुर्खेतमा ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु