काठमाडौँ । नेपाली काँग्रेस रोल्पाले माओवादीले दुःख दिएको भन्दै फर्जी कागजात बनाउनेहरूलाई निगरानी गरेको छ । जिल्ला कार्यसमिति रोल्पा र अन्य तहको नक्कली लेटरप्याड, छाप र हस्ताक्षर प्रयोग गरेर द्वन्द्व प्रभावितको कागजात बनाउने कार्य भएको काँग्रेसले जनाएको छ ।
नक्कली लेटरप्याड, छाप र हस्ताक्षर प्रयोग गरी विभिन्न व्यक्तिहरूले आफू नेपाली काँग्रेसको साधारण सदस्य, क्रियाशील सदस्य भई नेपाली काँग्रेसको हरेक गतिविधिहरूमा सक्रिय भएको कारण द्वन्द्व प्रभावित भएको ब्यहोराको कागजात बनाउने कार्य भएको काँग्रेसले जनाएको छ ।
‘माओवादी पार्टीका कार्यकर्ताले दुस्ख दिएको, धम्की दिएकोले नेपालमा बस्न नसकी जीवन रक्षाका लागि विदेश (अमेरिका लगायतका) देशमा आउनुपरेको भनी गलत सिफारिस बनाई सम्बन्धित देशमा पेस गरेको, गर्ने प्रक्रियामा रहेको बुझिएकाले सो सम्बन्धमा नेपाली काँग्रेस रोल्पाको गम्भीर ध्यानाकर्षण भएको छ’, रोल्पाका काँग्रेस सभापति किशोर कुमार आचार्यले निकालेको विज्ञप्तिमा भनिएको छ ।
गलत, भ्रामक र कानुन विपरीतका कार्यहरूको बारेमा सम्बन्धित देश (विदेश) मा रहेका पार्टी जनसम्पर्क समितिको सहयोग लिने आचार्यले विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘नेपालस्थित राजदूतावास समेतमा पार्टीको तर्फबाट कूटनीतिक पहल गरी आवश्यक प्रक्रिया अगाडि बढाउने’ आचार्यले विज्ञप्तिमा लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ साउन २०८२, १३ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस केन्द्रीय समिति बैठक : आज पनि नेताहरुले धारणा राख्ने
फागुन २१ को चुनाव वैशाखमा सार्न काँग्रेस बैठकमा प्रस्ताव
कांग्रेस केन्द्रीय समिति बैठक : आज पनि समसामयिक राजनीतिक विषयमा नेताहरुले धारणा राख्ने
केन्द्रीय समिति बैठकका लागि काँग्रेसले तय गर्यो ८ एजेन्डा
कांग्रेस केन्द्रीय समिति बैठक आज, बिहान कार्यसम्पादन समितिको बैठक बस्दै
काँग्रेसका कृष्णप्रसाद यादवद्वारा मुख्यमन्त्रीमा दाबी पेस