एजेन्सी । मंगलबार अमेरिकास्थित एरिजोनाको नाभाजो राष्ट्रको विमानस्थलमा अवतरण गर्ने क्रममा एउटा मेडिकल ट्रान्सपोर्ट विमान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।
न्युयोर्क टाइम्सका अनुसार बिचक्राफ्ट ३०० नामक विमान चिन्ले म्युनिसिपल विमानस्थलमा बिरामी लिन अवतरण गरिरहेका बेला दुर्घटना भएको हो।
विमान खसेपछि आगलागी भएको थियो। दुर्घटनामा विमानमा रहेका दुई पाइलट र दुई स्वास्थ्य सेवा प्रदायक गरी सबै चार जनाकै मृत्यु भएको हो।
नाभाजो राष्ट्र प्रहरी विभागका प्रवक्ता क्रिसी लार्गोका अनुसार विमान विमानस्थलको धावनमार्गबाट लगभग ३०० यार्ड टाढाबाट छुटेको थियो र स्थानीय समयअनुसार मंगलबार दिउँसो १२:४० बजे दुर्घटना भएको थियो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २२ साउन २०८२, ०९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लिबियाका सेना प्रमुखको विमान दुर्घटनमा परी मृत्यु
भारतले इजरायलसँग आकासमा इन्धन भर्ने ६ वटा विमान किन्ने
अमेरिकामा कार्गो विमान दुर्घटना, सात जनाको मृत्यु
हङकङ विमानस्थलमा कार्गो विमान समुद्रमा खस्यो, दुई जनाको मृत्यु
अमेरिकी हवाईअड्डामा विमान ठोक्किँदा भीषण आगलागी
यात्रुले विमानलाई बमले उडाइदिने धम्की दिएपछि.....