‘विशेष महाधिवेशनको माग सान्दर्भिक छैन’: लीलामणि पोखरेल

सफल खबर संवाददाता

सोमबार, १९ साउन २०८२, १५ : ३३
‘विशेष महाधिवेशनको माग सान्दर्भिक छैन’: लीलामणि पोखरेल

काठमाडौँ । माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा सचिव लीलामणि पोखरेलले विशेष महाधिवेशनको माग निरर्थक रहेको टिप्पणी गरेका हुन्। माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पक्षमा बोल्न तँछाड्मछाड छ। बोल्ने अधिकांश स्थायी कमिटी सदस्यहरूले पार्टी नेतृत्वको आलोचना गर्ने जनार्दन शर्मालाई आत्मालोचना हुन सुझाइरहेका बेला पोखरेलले नयाँ कोणबाट उनको आलोचना गरेका हुन्। शर्माले पछिल्लो समय विशेष महाधिवेशनसमेत हुनुपर्ने बताउँदै आएका छन्।

२०७८ पुसमा सकिएको माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा अध्यक्ष प्रचण्डले ६ महिनाभित्र विशेष महाधिवेशन गर्ने बताएका थिए। तर, उनले विशेष महाधिवेशनको वाचा पूरा गरेनन्।

सचिव पोखरेलले राष्ट्रिय सम्मेलन सकिएको तीन वर्ष भएकाले आवधिक नै हुने धारणा राखेका हुन्। ‘राष्ट्रिय सम्मेलन भएकै तीन वर्ष भइसक्यो। अहिले विशेष महाधिवेशनको तर्क, बहस सान्दर्भिक छैन,’ बैठकमा उनले जनार्दन शर्मालाई लक्ष्य गरेर धारणा राखेका थिए।

माओवादीको स्थायी समिति बैठक जारी छ। आज अध्यक्ष ‘प्रचण्ड’ले जवाफ दिनेछन्।

 

प्रतिक्रिया दिनुहोस