काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक केहीबेरमा सुरु हुने भएको छ। बैठक दिउँसो २ बजेका लागि बोलाइएको भए पनि अहिलेसम्म सुरु भइसकेको छैन।
विशेष स्रोतका अनुसार आजको बैठक प्रधानमन्त्रीको प्रस्तावित विदेश भ्रमणलाई प्राथमिकतामा राखेर केन्द्रित हुनेछ। साथै, बैठकमा केही सहसचिवको सरुवासम्बन्धी निर्णय पनि हुने जनाइएको छ। प्रशासन स्रोतका अनुसार हाल करिब पाँच दर्जन सहसचिवको सरुवा गर्नु पर्ने आवश्यकता रहेको भए पनि अन्तिम सरुवा सूची अझै यकिन हुन सकेको छैन।
बैठकमा अन्य नियमित एजेन्डामाथि पनि छलफल हुने अनुमान गरिएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ साउन २०८२, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रिपरिषद् बैठक बस्दै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय (सूचीसहित)
मन्त्रिपरिषद् बैठक जारी
सरकारले जेन जेड आन्दोलनका घाइतेलाई थप १५ हजार दिने
नेपाल विशेष सेवा ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू