काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक केहीबेरमा सुरु हुने भएको छ। बैठक दिउँसो २ बजेका लागि बोलाइएको भए पनि अहिलेसम्म सुरु भइसकेको छैन।
विशेष स्रोतका अनुसार आजको बैठक प्रधानमन्त्रीको प्रस्तावित विदेश भ्रमणलाई प्राथमिकतामा राखेर केन्द्रित हुनेछ। साथै, बैठकमा केही सहसचिवको सरुवासम्बन्धी निर्णय पनि हुने जनाइएको छ। प्रशासन स्रोतका अनुसार हाल करिब पाँच दर्जन सहसचिवको सरुवा गर्नु पर्ने आवश्यकता रहेको भए पनि अन्तिम सरुवा सूची अझै यकिन हुन सकेको छैन।
बैठकमा अन्य नियमित एजेन्डामाथि पनि छलफल हुने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ साउन २०८२, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
मन्त्रिपरिषद् बैठकबाट बजेट पारित
सहकारी बेथिति सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय