सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेपालको मौलिकता, धार्मिक सहिष्णुता र सांस्कृतिक विशेषताको संरक्षणका लागि बाल्यकालदेखि संस्कारसहितको शिक्षा आवश्यक रहेको बताएका छन् ।
आज सुर्खेतस्थित सत्य साइ केन्द्रमा हरेक शनिबार सञ्चालन हुने बाल विकास कक्षाको अवलोकन गर्दै मुख्यमन्त्री कँडेलले पछिल्लो समय नेपाली समाजमा संस्कार, आचरण र मूल्यमान्यतामा ह्रास हुँदै गएकाले यसमा सचेत हुन आग्रह गरे।
हाम्रो मौलिक संस्कृति, रीतिरिवाज, आचरण र सामाजिक व्यवहारमा देखिएका समस्या समाधान गर्न सानैदेखि नैतिक र चारित्रिक शिक्षा दिन जरुरी रहेको उनले उल्लेख गरे ।
बाल विकास कक्षामा सहभागी बालबालिकाले भजन र श्लोक वाचनलगायत प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ साउन २०८२, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जी आन्दोलनमा भएको तोडफोड र आगजनी स्वीकार्य छैन : मुख्यमन्त्री कँडेल
तीन तहका सरकारबीच सम्बन्ध सुदृढ हुन आवश्यक छ : मुख्यमन्त्री कँडेल
स्वच्छ वातावरणले मात्र जीवन स्वस्थ हुन्छ : मुख्यमन्त्री कँडेल
‘शिक्षा प्रणालीमा नवीनतम सुधार आवश्यक’ : मुख्यमन्त्री कँडेल
बालबालिका देशको भविष्य हुन् : मुख्यमन्त्री कँडेल
विकासका काममा सबैले सहयोग गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड