गण्डकी उद्योग परिसंघको अध्यक्षमा बर्तौला सर्वसम्मत

सफल खबर संवाददाता

शनिबार, १७ साउन २०८२, १५ : ३६
गण्डकी उद्योग परिसंघको अध्यक्षमा बर्तौला सर्वसम्मत

पोखरा । गण्डकी प्रदेश स्तरीय उद्योग परिसंघको अध्यक्षमा धर्मराज बर्तौला सर्वसम्मत चयन भएका छन् । शनिबार पोखरामा सम्पन्न तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले बर्तौलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षहरूमा दीपेन्द्रराज बस्ताकोटी, विक्रम कर्माचार्य, कृष्णप्रसाद गौतम र रुद्रलाल श्रेष्ठ चयन भएका छन् । यस्तै, सदस्यहरूमा माधव बस्ताकोटी, यज्ञ रेग्मी, राजेश्वर आचार्य, फणीन्द्र शर्मा, प्रकाश भारती, अर्पणा पोखरेल, गणेशबहादुर थापा र प्रकाश आचार्य छन् ।

अधिवेशनले देशको आर्थिक चुनौती सामना गर्न स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने र औद्योगिक विकासमार्फत रोजगारी सिर्जना गर्ने सङ्कल्प लिएको छ । नवनिर्वाचित अध्यक्ष बर्तौलाले बढ्दो व्यापार घाटा र आयातमुखी अर्थतन्त्रले देशलाई परनिर्भर बनाएकोमा चिन्ता व्यक्त गर्दै त्यसबाट बाहिर निस्कन सरकारसँग मिलेर काम गर्न आफूहरू तयार रहेको बताए । 

प्रतिक्रिया दिनुहोस