काठमाडौँ । भारतीय अदालतले एक कट्टर हिन्दु राष्ट्रवादी साध्वी तथा पूर्व सांसद र सन् २००८ मा एक मस्जिद नजिकै भएको घातक बम विस्फोटमा सहभागिताको आरोपमा अन्य छ जनालाई सफाइ दिएको छ ।
पश्चिमी राज्य महाराष्ट्रको मालेगावको मस्जिद नजिकै मोटरसाइकलमा बाँधिएको बम विस्फोट हुँदा भएको आक्रमणमा छ जनाको मृत्यु भएको थियो भने एक सयभन्दा बढी घाइते भएका थिए ।
सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) की पूर्व सांसद साध्वी प्रज्ञा ठाकुरलगायत सात जनालाई आतङ्कवाद र आपराधिक षड्यन्त्रको आरोपमा मुद्दा चलाइएको थियो । उक्त मुद्दा वर्षौँसम्म तानिएको थियो ।
अभियोजन पक्षले आक्रमणमा प्रयोग गरिएका विस्फोटकहरू बोक्न ठाकुरको मोटरसाइकल प्रयोग गरिएको र विस्फोट हुनुअघि उहाँले मुख्य योजना बैठकमा भाग लिएको दाबी गरेको थियो ।
यद्यपि न्यायाधीश ए के लाहोटीले बिहीबार ठाकुर र अन्य छ जना विरुद्ध अभियोजन पक्ष पर्याप्त प्रमाण उपलब्ध गराउन असफल भएको फैसला सुनाए । “फैसलाहरू नैतिकता र सार्वजनिक धारणामा आधारित हुन सक्दैनन्”, भारतीय कानुनी वेबसाइट लाइभ लका अनुसार लाहोटीले भने । बचावपक्षका वकिल रणजित नायरले अभियोजनपक्षले ‘अभियुक्तविरुद्ध कुनै प्रमाण प्रस्तुत गर्न सकेन’ भनी न्यायाधीशले उल्लेख गरेको बताए ।
भारतीय सांसद असदुद्दीन ओवैसीले फैसलालाई ‘निराशाजनक’ भन्दै मारिएकाहरू ‘तिनीहरूको धर्मका कारण निशाना बनाइएका’ थिए भने। “जानाजानी कमजोर अनुसन्धान/अभियोजन निर्दोष सफाइका लागि जिम्मेवार छ”, उनले एक्समा लेखेका छन् ।
मुद्दाको सुनुवाइका क्रममा भारतको आतङ्कवाद विरोधी एकाइले सन् २००८ को बम विस्फोट सामुदायिक तनाव भड्काउन गरिएको बताएको स्थानीय मिडियाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ साउन २०८२, १५ : ३०
लेखकबाट थप