बारामा ब्राउनसुगरसहित एक युवक पक्राउ

सफल खबर संवाददाता

विहीबार, १५ साउन २०८२, ०८ : ३८
बारामा ब्राउनसुगरसहित एक युवक पक्राउ

रौतहट । बारा जिल्लाको फेटा गाउँपालिका–१, भलुहीस्थित सडकखण्डमा प्रहरीले लागु औषध ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको कमान्डमा खटिएको टोलीले कलैया बजारबाट प्रसौनीतर्फ पैदल जाँदै गरेका एक युवकलाई शंका लागि रोकेर खानतलासी गर्दा बुधवार साँझ लागु औषध सहित पक्राउ गरिएको हो। 

पक्राउ पर्नेमा बारा जिल्लाको विश्रामपुर गाउँपालिका–१, घोडासाहन निवासी मोबारक मियाका २२ वर्षीय छोरा अजमुल हक अंसारी रहेको प्रदेश प्रहरी प्रमुख डिआईजी उमा प्रसाद चतुर्वेदीले बताएका छन्।

खानतलासीको क्रममा अन्सारीको साथबाट दुईवटा प्लास्टिकको पुरिया बरामद गरिएको थियो। एउटा कालो प्लास्टिकभित्र सेतो रंगको सानो प्लास्टिकमा ब्राउन सुगर  करिब ६०० मिलिग्राम र अर्को सेतो प्लास्टिकभित्र ब्राउन सुगर जस्तो देखिने लेदो पदार्थ १४६ ग्राम ५८० मिलिग्राम फेला परेको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका अन्सारीलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय प्रसौनीमा राखिएको छ। प्रहरीले लागु औषध ओसारपसार तथा कारोबारमा संलग्न हुन सक्ने आशङ्कामा थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस