काठमाडौँ । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको बैठक बस्ने भएको छ । प्रदेश राजधानी हेटौडामा बिहान १० बजे सो बैठक बस्नेछ। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामामाथि आफ्नै पार्टी नेपाली काँग्रेसका प्रदेश सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेपछि सो बारेमा निर्णय लिन बैठक बस्न लागेको हो।
अनौपचारिक छलफलबाट संसदीय दलको नेता चयनका विषयमा केन्द्रीय प्रतिनिधिले सांसदहरूबीच सहमति जुटाउन हिजो दिनभर र राति अबेरसम्म प्रयास गरे पनि नसकेपछि आज १० बजेका लागि पुनः बैठक बोलाइएको हो।
बागमती प्रदेशमा नेपाली काँग्रेसको तर्फबाट ३७ जना सांसद छन्, जसमध्ये २३ जनाले अविश्वासको प्रस्ताव राखेका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ साउन २०८२, १० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
बागमती प्रदेशसभामा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुँदै
बागमतीका प्रमुख सचिव बाबुराम अधिकारीको मनपरी: विकास ठप्प पार्दै, प्रश्न उठानेलाई धम्क्याउँदै
बागमती प्रदेशसभा बैठक बस्दै