काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ६:३० बजे बस्नेछ। आजको बैठकले एकजना मुख्य रजिष्टार र एकजना रजिष्टारको नियुक्ति गर्ने तयारी गरेको छ। मुख्य रजिष्टारमा विमल पौडेलको नाम सिफारिस भएको छ ।
त्यसैगरी रजिष्टारमा मानबहादुर कार्कीको नाम सिफारिस भएको छ । बैठकमा दुई वा तीन जना सचिवहरूको बढुवाको सम्भावनासमेत रहेको बताइएको छ। यद्यपि, सचिव बढुवाका सम्बन्धमा अन्तिम निर्णय आजै हुने वा नहुने विषय अझै खुलिनसकेको स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ साउन २०८२, १६ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्ता छन् मन्त्रिपरिषद्का ११ निर्णय (सूचीसहित)
माघ ११ गते राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन गर्ने सरकारको निर्णय
मन्त्रिपरिषद् बैठक जारी, केही सचिवको सरुवा हुन सक्ने
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
प्रधानमन्त्री कार्कीले बोलाइन मन्त्रिपरिषद् बैठक
मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मन्त्री नियुक्त हुने सम्भावना