काठमाडौँ। समस्याग्रस्त पाँच सहकारी संस्थाका ऋणीलाई भदौ मसान्तभित्र ऋण तिर्न ताकेता गरिएको छ।
बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय काठमाडौँले आज एक सूचना जारी गरी सिभिल, दर्शन, नेशनल नमोबुद्ध, लालीगुराँस र सुमेरु बचत तथा ऋण सहकारी संस्थाका ऋणीहरूलाई भदौ ३१ गतेभित्र ऋण तिर्न भनेको हो ।
ती सहकारी संस्था समस्याग्रस्त घोषणा हुनुभन्दा एक दिन अघि सम्मको ऋण तिर्न ऋणीहरूलाई भनिएको हो । सिभिल २०८० भदौ २१ गते, दर्शन २०८१ कात्तिक ११ गते तथा नेशनल नमोबुद्ध, लालीगुराँस र सुमेरु बचत तथा ऋण सहकारी संस्था २०८१ पुस २८ गते समस्याग्रस्त घोषणा भएका थिए ।
ती सहकारी संस्थाका ऋणीहरूले भदौ ३१ गतेभित्र पनि ऋण नबुझाएमा साँवा, ब्याज र हर्जानासमेत गणना गरी ऋण असुल गर्ने र ऋण असुली सम्बन्धी आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ साउन २०८२, ११ : ५७
लेखकबाट थप