चितवन । पूर्व पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका-३ शान्ति चोकमा सागसब्जी बोक्ने बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक कालिका नगरपालिका-२ का ३५ वर्षीय मुकुन्द कँडेल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार गए राती १२:३० बजे खैरहनी बाट टाँडीतर्फ आउँदै गरेको प्रदेश २-०२-००१ च ०५१० नम्बरको सागसब्जी बोक्ने बोलेरोले जनकपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बा प्र ०३-००१ख३३६५ नम्बर (रात्रिबस) लाई ओभरटेक गर्ने क्रममा टाँडीबाट खैरेहनीतर्फ जाँदै गरेको बा प्र ०६-००१प ३५०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
बोलेरोको ठक्करबाट घाइते मोटरसाइकल चालक कँडेलको उपचारका क्रममा भरतपुर अस्पतालमा राती १:१९ बजे मृत्यु भएको हो। बोलेरो र चालक प्रहरीको नियन्त्रणमा रहेको उनले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० साउन २०८२, ०९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु