अख्तियार विधेयक अघि बढाउन सभामुखसँग रुलिङको माग

सफल खबर संवाददाता

विहीबार, ०८ साउन २०८२, १५ : २३
अख्तियार विधेयक अघि बढाउन सभामुखसँग रुलिङको माग

काठमाडौँ। नेपाली काँग्रेसका सांसद हृदयराम थानीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक अगाडि बढाउन सभामुखले रुलिङ गर्नुपर्ने माग गरेका छन् ।

‘सभामुख महोदय, विगत ६ महिनादेखि राज्य व्यवस्था तथा सुशासन समितिमा थन्किएर रहेको अख्तियार सम्बन्धी महत्त्वपूर्ण विधेयकलाई समितिमा तत्काल छलफल गराउनका लागि सरकारलाई रुलिङ गरिदिनुहुन अनुरोध गर्दछु’ सांसद थानीले भने ।

नीतिगत बाहेकका मन्त्रिपरिषद्का निर्णय समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानको क्षेत्राधिकारमा पर्ने गरी तयार यो विधेयक प्रतिनिधिसभामा २७ चैत २०७९ देखि विचाराधीन छ ।

राष्ट्रिय सभामा यो विधेयक ६ माघ २०७६ मा दर्ता भएको थियो । २७ चैत २०७९ मा पारित भएर प्रतिनिधिसभामा आएको हो । संसद्‍मा विधेयक आएको ६ वर्षसम्म यो विधेयक ऐनमा रूपान्तरित हुन सकिरहेको छैन ।

 

प्रतिक्रिया दिनुहोस