यो गणतन्त्र बुर्जुवा गणतन्त्र हो, देश विकास हुँदैनः नेता गजुरेल

सफल खबर संवाददाता

विहीबार, ०८ साउन २०८२, १४ : ३३
यो गणतन्त्र बुर्जुवा गणतन्त्र हो, देश विकास हुँदैनः नेता गजुरेल

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) का नेता सिपी गजुरेलले अहिले पनि जनगणतन्त्र नआएको बताएका छन । ललितपुरमा बिहीवार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

उनले अहिलेको गणतन्त्र बुर्जुवा गणतन्त्र भएको बताए । बुर्जुवा गणतन्त्रले देशेको विकास गर्न नसक्ने उनको भनाइ छ । अहिलेको गणतन्त्र पुँजीपति, दलाल र नोकरशाही, पुँजीपति वर्गको भएको उल्लेख गरे । आफूहरु बुर्जुवा गणतन्त्रको लागि नलडेको तर पुष्पकमल दाहाल र डा। बाबुराम भट्टराईको गद्दारीका कारण जनगणतन्त्र आउन नसकेको उनको आरोप छ । 

उनले भने, ‘नेपाली काँग्रेसको एजेण्डामै बाबुराम र प्रचण्ड अहिले पनि हिँडिरहेका छन् । अहिले प्राप्त भएको जुन लोकतान्त्रिक गणतन्त्र छ, लाकेतान्त्रिक गणतन्त्र नै हाम्रो लागि अभिष्ट हो । यसलाई बचाउनका निम्ति अघि बढ्नुपर्छ भनेका छन् । अहिले जनगणतन्त्र आएको छैन । यो गणतन्त्र बुर्जुवा गणतन्त्र हो । पुँजीपति, दलाल र नोकरशाही, पुँजीपति वर्गको गणतन्त्र हो । यसले देशमा विकास गर्दैन । बुर्जुवा गणतन्त्रका लागि हामी लडेका थिएनौँ ।’

नेता गजुरेलले प्रचण्ड र बाबुरामले गद्दारी गर्दा जनगणतन्त्र आउन नसकेको बताए । 

प्रतिक्रिया दिनुहोस