काठमाडौं । जेष्ठ राष्ट्रिय नागरिक महासंघले राष्ट्रिय सभामा जेष्ठ नागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ । बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर यस्तो माग राखेका हुन् ।
महासंघका प्रतिनिधिहरु प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका थिए । महासंघका पदाधिकारीहरूले भेटका क्रममा यातायातमा छुट, नागरिकता नपाएका जेष्ठ नागरिकको पहिचान र व्यवस्थापन, वृद्धभत्ता वितरण प्रणालीमा सुधार, आर्थिक वर्गीकरणका आधारमा भत्ता दिने व्यवस्था गर्न पनि माग गरेका छन् ।
यसैगरी, २५०० भन्दा बढी जेष्ठ नागरिक नागरिकताविहीन रहेको र यसले उनीहरूलाई राज्यका सेवाबाट वञ्चित बनाएको भन्दै महासंघले यो समस्या समाधान गर्ने गरी नेतृत्व लिइदिन महासंघले अनुरोध गरेको छ ।
महासंघका मागहरू सुनेपछि अध्यक्ष प्रचण्डले जायज माग पूरा गर्न पहल लिने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ साउन २०८२, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरोकारवालासँग परामर्शपछि मात्रै विधेयक प्रक्रिया अघि बढ्ने राष्ट्रिय सभा अध्यक्ष दाहालको दाबी
राष्ट्रिय सभाका समिति सभापतिहरूले लिए शपथ
राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ
राष्ट्रिय सभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रिय सभामा नेकपाको संसदीय दलको नेतामा झक्कु सुवेदी
एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन