काठमाडौं । जेष्ठ राष्ट्रिय नागरिक महासंघले राष्ट्रिय सभामा जेष्ठ नागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ । बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर यस्तो माग राखेका हुन् ।
महासंघका प्रतिनिधिहरु प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका थिए । महासंघका पदाधिकारीहरूले भेटका क्रममा यातायातमा छुट, नागरिकता नपाएका जेष्ठ नागरिकको पहिचान र व्यवस्थापन, वृद्धभत्ता वितरण प्रणालीमा सुधार, आर्थिक वर्गीकरणका आधारमा भत्ता दिने व्यवस्था गर्न पनि माग गरेका छन् ।
यसैगरी, २५०० भन्दा बढी जेष्ठ नागरिक नागरिकताविहीन रहेको र यसले उनीहरूलाई राज्यका सेवाबाट वञ्चित बनाएको भन्दै महासंघले यो समस्या समाधान गर्ने गरी नेतृत्व लिइदिन महासंघले अनुरोध गरेको छ ।
महासंघका मागहरू सुनेपछि अध्यक्ष प्रचण्डले जायज माग पूरा गर्न पहल लिने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ साउन २०८२, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभामा सांसदले भने-‘भ्रष्टाचारीको मुख हेर्दिन भन्ने साइनबोर्ड फालिदिए हुन्छ’
मधेशमा पानीको हाहाकार, सांसदहरूले गरे सरकारको ध्यानाकर्षण
राष्ट्रपति र उपराष्ट्रपति बनिसकेका व्यक्तिलाई राजनीतिमा आउन रोक्न माग
मनसुनजन्य विपद् न्यूनीकरणको पूर्वतयारी र राहत–उद्धारमा जिम्मेवार हुन सरकारको ध्यानाकर्षण
राष्ट्रिय सभाबाट दुई विधेयक पारित
निजामती विधेयकको त्रुटि राष्ट्रिय सभाबाट सुधार गरिने