काठमाडौं । मधेस प्रदेशमा खडेरीका कारण धेरै किसानले धान रोप्न नपाएपछि मर्कामा परेका कृषकका लागि संघीय सरकारले विषेश कार्यक्रम ल्याउने तयारी गरेको छ ।
मधेस प्रदेशलाई प्रदेश सरकारले सुक्खा क्षेत्र घोषणा गरिसकेको छ । संघीय सरकारले पनि विषेश कार्यक्रम ल्याउन लागेको कृषि मन्त्री रामनाथ अधिकारीले जानकारी दिए ।
आज बस्ने मन्त्रिपरिषद्को बैठकले मधेस प्रदेशका खडेरीपीडित कृषकका लागि केही निर्णय हुने उनले जानकारी दिए ।
उनले मधेस प्रदेशमा खडेरी परेकाले धेरै किसानले धान रोप्न नपाएको र किसान मर्कामा पर्नुका साथै अन्नको अभाव हुने भएकाले संघीय सरकारले केही विषेश कार्यक्रम ल्याउनु पर्ने प्रस्ताव आफूले राखेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ साउन २०८२, ०९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भोजपुरका किसान चैतेधान रोप्नमा व्यस्त
सुनसरीका किसानलाई चैते धान रोपाइँ गर्न भ्याइनभ्याइ
वन्यजन्तुबाट प्रभावित किसानलाई राहत वितरण
सप्तरीका किसान चैते धान रोप्न व्यस्त
घोषणापत्रमा मलैमल, किसानलाई सास्ती पलैपल
पशुपालक किसानलाई आत्मनिर्भर बनाउन अनुदान